बङ्गलादेशले अफगानिस्तानलाई  ६ विकेटले हरायो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बङ्गलादेशले अफगानिस्तानलाई  ६ विकेटले हरायो


२० आश्विन २०८०, शनिबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई ६ विकेटले हराएको छ । भारतको धर्मशालामा अफगानिस्तानले दिएको १ सय ५७ रनको सामान्य लक्ष्य बङ्गलादेशले ३४ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । बङ्गलादेशको जितमा नजमुल होसाइन शान्तोले नटआउट ५९ र मेहदी हसन मिराजले ५७ रन बनाए । 

अफगानिस्तानका फैजल हक फारुकी, नवीन उलहक र अजमतुल्लाह ओमरजाईले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफागानिस्तान ३७ ओभर २ बलमा १ सय ५६  रनमा अलआउट भयो । उसका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ४७ रन बनाए ।

यस्तै अजमतुल्लाह ओमरजाई र इब्राहिम जद्रानले समान २२/२२ रन बनाए । बङ्गलादेशका शकिब अल हसन र मेहदी हसन मिराजले ३/३ विकेट लिए । 

Tags :
प्रतिक्रिया दिनुहोस