माथिल्लो मैलुङ खोलाको आईपीओ बिक्री खुला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

माथिल्लो मैलुङ खोलाको आईपीओ बिक्री खुला


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । माथिल्लो मैलुङ खोलाले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपीओ जारी गरेको हो ।

यस मध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ । यस्तै, ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भएको छ ।

यसैगरी, आयोजना प्रभावित क्षेत्र स्थानीय बासिन्दालाई बिक्री गरेर बाँकी रहेको ९ हजार २०० कित्ता सेयरसमेत थप गरेर अब सर्वसाधारणलाई आईपीओ ल्याइएको हो । अब १२ लाख ८४ हजार २०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस