देशभरमै सर्वोत्कृष्ट बन्यो गुल्मी प्रशासन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देशभरमै सर्वोत्कृष्ट बन्यो गुल्मी प्रशासन 


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । गुल्मी जिल्ला प्रशासन कार्यालय गृह मन्त्रालय अन्तर्गतका कार्यालयमा देशकै उत्कृष्ट बनेको छ ।

गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबीच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा गुल्मी प्रथम भएको हो । 

प्रशासन कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर आफूहरू कार्यसम्पादन मापकका सूचकबाट देशभरमै पहिलो बनेको जनाएको छ ।

गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०७९/०८० मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय गुल्मीले ९६.४४ अङ्कसहित पहिलो स्थान हासिल गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस