निर्माण व्यवसायीको भुक्तानी छिटो दिन निर्देशन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

निर्माण व्यवसायीको भुक्तानी छिटो दिन निर्देशन


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । निर्माण व्यवसायीहरूले काम गरेबापत पाउनुपर्ने बक्यौता रकमको भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरवारमा आयोजित समितिको बैठकमा सांसदहरुले निर्माण व्यवसायीको भुक्तानी रोकिएको सम्बन्धमा ढिलाइ हुनुको कारणसहित प्रश्न उठाएपछि समितिले छिटो भुक्तानी दिन निर्देशन दिएको हो ।

त्यस्तै ठेक्का सम्झौता अनुसार तोकिएको समय र गुणस्तर अनुसार काम गर्ने वातावरण मिलाउन पनि समितिले निर्देशन दिएको छ । समितिमा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले निर्माण व्यवसायीले काम गरेको रकम विशेष व्यवस्थापन गरेर भएपनि भुक्तानी गर्ने टुङ्गोमा पुगेको बताए ।

उनका अनुसार अन्य मन्त्रालयको ३ र भौतिक मन्त्रालयको मात्र ४ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । काम गरेको रकमको भुक्तानी नपाएपछि नेपाल निर्माण व्यवसायी महासङ्घको अगुवाइमा व्यवसायीहरू आन्दोलित बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस