फेसबुक र इन्स्टाग्राम चलाउन अब पैसा तिर्नुपर्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

फेसबुक र इन्स्टाग्राम चलाउन अब पैसा तिर्नुपर्ने


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । मार्क जुकरवर्गको कम्पनी मेटाले युरोपियन युनियन (ईयू)का प्रयोगकर्ताका लागि शुल्कसहितको फेसबुक र इन्स्टाग्राम ल्याउने भएको छ ।

कम्पनीले यी दुई सामाजिक सञ्जालको विज्ञापनरहित संस्करणका लागि प्रतिग्राहक प्रतिमहिना १३ युरो शुल्क तोक्ने तयारी गरिरहेको हो । दुवै एप प्रयोग गर्नका लागि भने १९ युरो तिर्नुपर्नेछ ।

यस्तै, कम्प्युटर वा डेस्कटपमा फेसबुक वा इन्स्टाग्राम चलाउन प्रतिमहिना १७ युरो शुल्क तोक्ने तयारी कम्पनीको छ । गत जुलाईमा ईयूको सर्वोच्च अदालतले गरेको फैसलापछि कम्पनीले नयाँ रणनीति अघि सारेका हो ।

लक्जमबर्गमा रहेको युरोपेली अदालतले युरोपको जनरल डाटा प्रोटेक्शन रेगुलेसन (जीडीपीआर) कानुनअन्तर्गत फेसबुकले प्रयोगकर्ताको सहमतिबिना लक्षित विज्ञापन देखाउन उसको डेटा प्रयोग गर्न नसक्ने फैसला गरेको थियो ।

अदालतले यसको विकल्पमा केही शुल्क लिएर विज्ञापनरहित एपमा पहुँच दिनसक्ने बाटो भने खुला गरेको थियो । सोही अनुसार फेसबुकले यस्तो तयारी गरिरहेको बताइएको छ ।

उता टिकटकले समेत अंग्रेजी भाषा बोलिने ठाउँका प्रयोगकर्ताका लागि प्रतिमहिना ४.९९ अमेरिकी डलर शुल्क लाग्ने एपको विज्ञापनरहित संस्करण परीक्षण गरिरहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस