अमेरिकी प्रतिनिधि सभाका सभामुख म्याकार्थी पदमुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अमेरिकी प्रतिनिधि सभाका सभामुख म्याकार्थी पदमुक्त


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । अमेरिकामा पहिलो पटक सभामुखले गुमाएको विश्वासको मतमा केभिन म्याकार्थी पदमुक्त भएका छन् । अमेरिकी सरकारको तल्लो सदनमा रिपब्लिकन पार्टीको संसदीय दलका नेताका रुपमा रहेका म्याकार्थीलाई हटाउन उनकै पार्टीका सांसदले मतदान गरेका हुन् ।

मंगलबार साँझ भएको मतदानमा उनलाई हटाउने पक्षमा २१६ मत परेका थिए भने, उनको पक्षमा २१० मत परेको हो । सोमबार फ्लोरिडाका सांसद म्याट गेट्जले सभामुख म्याकार्थीलाई हटाउनका निम्ति सदनमा प्रस्ताव अघि सारेका थिए ।

डेमोर्क्याटहरुसँग मिलेर सरकारी खर्च जुटाउन एक विधेयक पारित गरेपछि रिपब्लिकनभित्र सभामुख म्याकार्थीप्रति असन्तुष्टि बढेको थियो । गेट्जले म्याकार्थीलाई ह्वाइट हाउससँग गोप्य सम्झौता गरी युक्रेनका लागि सहायता जारी राखेको आरोपसमेत लगाएका थिए ।

अब, म्याकार्थीको ठाउँमा रिपब्लिकनहरुको संसदीय दलका नेताका रुपमा को आउँछ भन्ने स्पष्ट छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस