शंकास्पद कागजात पेस गरी श्रमिकलाई जापान पठाउने १४ म्यानपावर कम्पनी निलम्बनमा « प्रशासन
Logo २६ भाद्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

शंकास्पद कागजात पेस गरी श्रमिकलाई जापान पठाउने १४ म्यानपावर कम्पनी निलम्बनमा


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । वैदेशिक रोजगार विभागले शंकास्पद कागजात पेस गरी श्रम स्वीकृति लिएर श्रमिकलाई जापान पठाउने कार्यमा संलग्न १४ वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई निलम्बन गरेको छ ।

विभागका अनुसार जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाउने कार्यमा संलग्न भएको पाइएपछि ती म्यानपावर कम्पनीलाई विभागले निलम्बन गरी थप अनुसन्धान गरिरहेको विज्ञप्तीमार्फत जनाएको छ ।

निलम्बनमा पर्नेमा गुड लाइफ इन्टरनेसलन इप्लोइमेन्ट एजेन्सी प्रालि, रोयल ओभरसिज नेपाल प्रालि, जब्स ग्लोबल कम इप्लोइमेन्ट सर्भिसेज प्रालि,सत्यावती ओभरसिज, डिएन इन्टरनेसनल नेपाल ओभरसिज, इप्लोइमेन्ट एजेन्सी प्रालि, लायन्स इन्टरनेसनल नेपाल प्रालि रहेका छन् । यस्तै, वल्र्ड फेभर ओभरसिज प्रालि, नाप इन्टरनेसनल प्रालि, भण्डारी ओभरसिज प्रालि, मञ्जुश्री ओभरसिज प्रालि, एएनएस एसोसिएट्स प्रालि, क्यापिटल इन्टरनेसनल म्यानपावर प्रालि, ग्रान्ड सुइट जब प्रालि र ओक्सन इन्टरनेसनल प्रालि (अभतार ह्युमन रिसोर्स प्रालि) लाई पनि निलम्बन गरिएको छ ।

उल्लेखित सबै म्यानपावरले वैदेशिक रोजगारीमा श्रमिक पठाउन सरकारसँग अनुमति लिएका छन् । तर, विभागमा केही म्यानपावर कम्पनीले जापानी भाषा तथा संस्कृतिसम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएर श्रमिक जापान पठाएको उजुरी परेपछि सो आधारमा अनुसन्धान गर्दा यी १४ म्यानपावरको संलग्नता रहेको तथ्य फेलापरेपछि विभागले कारबाही गरेको जनाएको छ । यो बारेमा थप अनुसन्धान भइरहेको जानकारी विभागले दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस