ओलीले भने-मैले शान्ति प्रक्रिया टुङ्ग्याउन खोज्दा ‘प्रचण्ड’बाट सहयोग भएन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ओलीले भने-मैले शान्ति प्रक्रिया टुङ्ग्याउन खोज्दा ‘प्रचण्ड’बाट सहयोग भएन


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुङ्ग्याउन खोज्दा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सहयोग नपाएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले ‘प्रचण्ड’ले आफूले शान्ति प्रक्रिया टुङ्ग्याएको जस जस लिनका लागि असहयोग गरेको बताए।

तत्कालीन नेकपाको सरकारका बेला पार्टीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’लाई आफूले शान्ति प्रक्रिया टुङ्ग्याउने प्रस्ताव गरेको उनको भनाइ छ।

‘त्यतिबेलाको दुई पक्ष तपाईँ र शेरबहादुर देउवाजीले प्रस्ताव ल्याउनुस् म हातले मात्रै पुग्दैन भने खुट्टाका छाप लगाउन पनि तयार छु भनेको हुँ’, ओलीले भने, ‘शान्ति प्रक्रिया टुङ्ग्याउने जसको श्रेय केपी ओलीलाई किन दिने भन्ने भएपछि उहाँले यसमा चासो दिनुभएन।’

Tags :
प्रतिक्रिया दिनुहोस