इन्द्रजात्रामा काठमाडौँका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने « प्रशासन
Logo २४ मंसिर २०८०, आइतबार
   

इन्द्रजात्रामा काठमाडौँका केही क्षेत्रमा सवारी आवागमन प्रभावित हुने


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौँका विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको हो ।

महानगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘काठमाडौँको वसन्तपुर केन्द्रित, सांस्कृतिक, ऐतिहासिक, पुरातात्त्विक महत्वको राष्ट्रिय पर्वका क्रियाकलाप सुरु भइसकेका छन्, यस जात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलापहरू हिँडेर सञ्चालन गरिन्छन् । यसर्थ निम्न क्रियाकलाप हुने दिनमा तोकिएका स्थानमा सवारी साधन प्रवेश नगराउन, त्यस मार्गबाट गन्तव्यमा जानुपर्ने यात्रुहरूले वैकल्पिक मार्ग वा पैदल यात्राबाट गन्तव्य तय गरेर यातायात व्यवस्थापनमा सहयोग पुर्‍याउनुहुन अनुरोध गर्दछौं ।’

असोज ११ बिहीबार गते वसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा सञ्चालन हुने भएकाले ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुने बताइएको छ ।

असोज १२ गते शुक्रबार वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमान ढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस