आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरूलाई छुट  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकहरूलाई छुट 


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।  

यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा फ्लाईआएमई प्रोमो कोड प्रयोग गरी रु. ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने छ। यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्नु हुने सेवाग्राहीहरूलाई सीमित अवधि लागि मात्र हो।  

Tags :
प्रतिक्रिया दिनुहोस