योजना आयोगका उपाध्यक्षसँग यूएनएफपीए नेपाल प्रतिनिधिको भेट « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

योजना आयोगका उपाध्यक्षसँग यूएनएफपीए नेपाल प्रतिनिधिको भेट


२५ भाद्र २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को नेपाल प्रतिनिधि वोन योङ होङबीच भेटवार्ता भएको छ ।

सोमबार सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा उपाध्यक्ष डा. श्रेष्ठ र योङ होङबीच भेटवार्ता भएको हो ।

नेपाल प्रतिनिधि होङले राष्ट्रिय योजना आयोगले बनाइरहेको १६ औँ योजनाको विषयमा चासो राखेकी थिइन । साथै यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको सुधारमा नेपाल सरकारले गर्ने प्रयासमा यूएनएफपीएको सहयोग रहने बताइन् ।

उपाध्यक्ष श्रेष्ठले यूएनएफपीएले हालसम्म पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।

होङले संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नेपाल प्रतिनिधिको जिम्मेवारी जुलाई ११, २०२२ देखि सम्हालेकी हुन् । अन्तर्राष्ट्रिय विकासमा १६ वर्षभन्दा धेरै अनुभव सँगालेकी होङ दक्षिण कोरियाली नागरिक हुन् ।

नेपाल प्रतिनिधिको जिम्मेवारी सम्हाल्नुअघि उनी मलावीका यूएनएफपीए प्रतिनिधि र त्यसअघि मोजाम्बिकमा डेपुटी प्रतिनिधि थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस