एक दिवसीय क्रिकेटमा कुशलको एक हजार रन पुरा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एक दिवसीय क्रिकेटमा कुशलको एक हजार रन पुरा


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक हजार रन पूरा गरेका छन्।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत भारत विरुद्धको खेलमा उनले एक दिवसीय खेलमा एक हजार रन पूरा गरेका हुन्।

एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी बनेका छन्। उनले ४६औँ खेलमा एक हजार रन पूरा गरेका हुन्।

श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ। प्रारम्भिक ब्याटर आसिफ शेख र कुशल भुर्तेल क्रिजमा छन्।

Tags :
प्रतिक्रिया दिनुहोस