नागरिकता प्रमाणपत्र सिफारिस गर्दा आमाको नाम अनिवार्य « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नागरिकता प्रमाणपत्र सिफारिस गर्दा आमाको नाम अनिवार्य


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । नागरिकता प्रमाणपत्र सिफारिस गर्दा आमाको नाम अनिवार्य उल्लेख गर्नु पर्ने भएको छ ।

सिफारिसमा आमाको नाम नराख्ने वा कट्टी चिन्ह प्रयोग गरी पठाएको भन्दै जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सबै स्थानीय तहलाई आमाको नाम उल्लेख गर्न पत्र पठाएको छ ।

एक सूचना जारी गर्दै ओखलढुङ्गा प्रशासनले भनेको छ, ‘यस्तो सिफारिसले सम्बन्धित व्यक्तिले प्रमाण पत्रमा आमाको पहिचान गुमाउने देखिएको र आमाको नामबाट प्रतिलिपि लिनुपर्दा थप झन्झट व्यहोर्नु पर्ने गुनासो आएकोले जिल्ला स्थित सबै वडा कार्यालयहरूले नागरिकता प्रमाणपत्रको सिफारिस गर्दा मातृत्व र पितृत्व पहिचान भएकाहरूको हकमा सम्पूर्ण विवरण सहित अनिवार्य आमाको नाम उल्लेख गरी सोही अनुसार आवश्यक कागजात प्रमाणपत्र राखेर सिफारिस गर्नुहुन अनुरोध छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस