अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर आजबाट बिक्री खुला « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर आजबाट बिक्री खुला


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको आजदेखि १०० शत प्रतिशत हकप्रद सेयर खुला भएको छ । कम्पनीले १:१ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

जसअनुसार १ सय रुपैयाँ अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन खुला भएको छ । यस हकप्रद सेयरका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद दाबी गर्न पाउनेछन् । असोज ७ गते यस कम्पनीको हकप्रद बिक्री बन्द हुने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

यो हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको जिम्मेवारी लिएका छन्। यस हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट पनि आवेदन दिन सकिन्छ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

अपरले कर्जा तिर्न र २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयरमार्फत रकम संकलन गर्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस