सर्‍यो काँग्रेस केन्द्रीय समिति बैठक « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

सर्‍यो काँग्रेस केन्द्रीय समिति बैठक


१२ भाद्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक निर्धारित मितिबाट दुई दिन पर सर्ने भएको छ । एक नेताका अनुसार असोज २ गतेका लागि बोलाइएको बैठक असोज ४ गते सार्ने तयारी भएको हो ।

उनका अनुसार असोज २ मा ऋषि पञ्चमी र असोज ३ मा संविधान दिवस परेकाले बैठक दुई दिन पछि सार्ने तयारी भएको हो । ‘पर्व र संविधान दिवसले गर्दा असोज ४ गते बैठक बस्छ’, ती नेताले भने ।

साउन १० मा केन्द्रीय समिति बैठक सकिँदा सभापति शेरबहादुर देउवाले असोज २ मा केन्द्रीय समितिको बैठक बस्ने मिति सुनाएका थिए ।

विधान अनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्दछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक तालिकामा प्रत्येक २-२ महिनामा बैठक बस्ने गरी दिन समेत तय गरेर तालिका प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस