कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित


६ भाद्र २०८०, बुधबार


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बहिस्कार गरेपछि कोशी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सभाध्यक्ष इस्राइल मन्सुरीले बैठक सुरु गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यले उठेका थिए । उनीहरू सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार सभाध्यक्षको पनि मत प्रयोग गरेर विश्वासको मत लिएका थिए । त्यसको विरोध गर्दै प्रतिपक्षी दलहरूले प्रदेशसभा बहिस्कार गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस