१६ हजार नाघे डेंगु संक्रमित, १२ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

१६ हजार नाघे डेंगु संक्रमित, १२ जनाको मृत्यु


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । देशभर डेंगु सङ्क्रमितको संख्या १६ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को शनिबारसम्मको तथ्याङ्क अनुसार गत १५ पुसदेखि हालसम्म १६ हजार २६७ जनालाई डेंगु संक्रमण पुष्टि भएको छ । त्यस्तै, यसअवधिमा डेंगुले १२ जनाको ज्यान लिइसकेको छ ।

हालसम्म सुनसरीमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । इडिसीडीको तथ्याङ्क अनुसार सुनसरीमा ८ हजार ४५२, मोरङमा १ हजार ८७७, धादिङमा १ हजार ७५७ र झापामा ९२६ जनामा डेंगु पुष्टि भएको छ ।

हालसम्म ७५ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ । महाशाखाका अनुसार कोशीमा १२ हजार २१, बागमतीमा २ हजार ६५१, गण्डकीमा ६१८ , सुदूरपश्चिम प्रदेशमा ४७९ जना संक्रमित भेटिएका छन् । त्यस्तै, लुम्बिनीमा ३१३, मधेशमा १४० र कणाली प्रदेशमा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

गत वर्ष डेंगु प्रकोपका कारणले ५४ हजार ७८४ संक्रमित हुँदा ८८ जनाको ज्यान गएको थियो । तर, यो वर्ष डेंगु संक्रमण कात्तिकको अन्तिमसम्म उच्च गतिमा फैलिने र अझै भयावह अवस्था निम्तिने अधिकारीको आकलन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस