संसद् अवरुद्ध गर्नु नियमसंगत होइन : सुवास नेम्वाङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसद् अवरुद्ध गर्नु नियमसंगत होइन : सुवास नेम्वाङ


२ भाद्र २०८०, शनिबार


काठमाडौँ । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसदमा दलहरूले गर्नु नियमसंगत नभएको बताएका छन् ।

शनिबार काभ्रेको धुलिखेलमा सङ्घीय संसद् सचिवालयले गरेको संसद्-सञ्चार सम्बन्ध कार्यक्रममा बोल्दै नेम्वाङले संसदीय प्रक्रियामा अवरुद्ध गर्नु संसदीय अभ्यास विपरीत हुने बताएका हुन् । नियमसंगत नभए पनि राजनीतिक दलहरूले कहिलेकाहीँ संसद् अवरोध गर्ने बताए ।

नेम्वाङले भने,‘संसदमा अवरोध गर्नु नियमसंगत होइन तर दलहरूले संसदमा राजनीतिक रूपमा अवरोध गर्ने गर्छन् । जसले अवरोध गरे पनि उनीहरूले त्यसको औचित्य पुष्टि गर्न भने सक्नुपर्छ ।’

उनले भारतको संसदमा पनि अवरोध हुने बताउँदै त्यहाँको संसदमा फ्लाइङ किस गरेको, आँखा झिम्काएको विषयमा समेत हङ्गामा हुने गरेको टिप्पणी गरे ।

कुनै पनि देशको संसदीय प्रक्रियामा संसद् अवरोध गर्न पाउने व्यवस्था नभएको बताउँदै बहुमत नभएको दलले सरकारले आफ्नो कुरा नसुनेपछि राजनीतिक रूपमा संसद् अवरोध गर्ने गरेको उल्लेख गरे । अहिले आफ्नो दलले संसद् अवरोध गरेको भए त्यसबारेमा दलको तर्फबाट जस्टिफाई गर्न सक्नुपर्ने नेम्वाङको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस