६ नाल भरुवा बन्दुक बरामद « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

६ नाल भरुवा बन्दुक बरामद


२५ श्रावण २०८०, बिहिबार


ढोरपाटन । बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ । हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।

गस्ती गर्दै जाने क्रममा स्थानीयको सूचनाको आधारमा गलकोट नगरपालिका–१ जनएकता सामुदायिक वनमा एक थान र वडा नम्बर ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा रहेका पाँच नाल भरुवा बन्दुक फेला पारि बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए ।

बन्दुक सुरक्षित तरिकाले ओडारमा लुकाएर राखेको अवस्थामा बुधबार साँझ फेला पारेको केसीको भनाइ छ । बन्दुक कसको किन राखिएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय बागलुङले समय-समयमा यस्ता खाले अवैध बन्दुकहरू बरामद गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस