एकीकृत समाजवादीको बैठक जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत समाजवादीको बैठक जारी


१९ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो ।

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए। आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टीको महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस