पीडितहरूले जलाए आज प्रमाणीकरण भएको मिटर ब्याज सम्बन्धी विधेयक  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पीडितहरूले जलाए आज प्रमाणीकरण भएको मिटर ब्याज सम्बन्धी विधेयक 


१२ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । मिटर ब्याजबाट पीडितहरूले राष्ट्रपति रामचन्द्र पौडेलले आज मात्र प्रमाणीकरण गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ जलाएका छन् ।

दुवै सदनले पास गरेको यो विधेयकले आफूहरूको माग पूरा नगरेको भन्दै मिटर ब्याज पीडितहरूको एक समूहले यो विधेयक जलाएका हुन् ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै विधेयकले कानुनको रूप लिएको छ । तर यो कानूनले पनि आफूहरूको समस्या समाधान नगर्ने मिटर ब्याज पीडितहरूको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस