विदेशबाट शव ल्याउन नसक्ने सरकालाई रेमिट्यान्स उठाउने अधिकार पनि छैन : अब्दुल खान « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विदेशबाट शव ल्याउन नसक्ने सरकालाई रेमिट्यान्स उठाउने अधिकार पनि छैन : अब्दुल खान


१० श्रावण २०८०, बुधबार


काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले श्रम गर्न विदेश गएका र दुःखद मृत्युवरण गरेका जनतालाई सरकारले उपेक्षा गरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले विदेशबाट शव ल्याउन नसक्ने सरकालाई रेमिट्यान्स उठाउने अधिकार पनि नभएको बताए ।

उनले शव ल्याउन पहल गर्न नसक्ने राजदूतावास र राजदूत किन राखेको भन्दै प्रश्न गरे । “वैदेशिक रोजगारमा गएका मानिसहरू विभिन्न कारणले मृत्यु हुन्छ, शवसमेत हाम्रो देशको सरकारले ल्याउन सक्दैन । यस्तो अवस्थामा राजदूतावास र राजदूत किन राख्ने रु जुन सरकारले विदेशबाट शव ल्याउँदै उसले रेमिट्यास कुनै पन अधिकार छैन,” उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस