भ्रष्टाचार आरोपमा सिंगापुरका यातायातमन्त्री पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भ्रष्टाचार आरोपमा सिंगापुरका यातायातमन्त्री पक्राउ


३० असार २०८०, शनिबार


पक्राउ

काठमाडौँ । सिंगापुरका यातायातमन्त्री भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्। उनीसँगै होटेल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ। 

यातायात मन्त्री एस ईश्वरनलाई गत मङ्गलवार  पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ  सिंगापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि गत मङ्गलवार नै पक्राउ गरिएको थियो। निजलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ। ब्युरोले अनुसन्धानको विवरण भने खुलाएको छैन।

ओङ छानबिनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोले यातायात मन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।

विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिंगापुर विश्वव्यापी वित्तीय केन्द्र हो । यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठुला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ।

Tags :
प्रतिक्रिया दिनुहोस