सुनसरी, मोरङ र सप्तरीमा अति भारी वर्षा, बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

सुनसरी, मोरङ र सप्तरीमा अति भारी वर्षा, बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह


२९ असार २०८०, शुक्रबार


काठमाडौँ । सुनसरी, मोरङ र सप्तरीमा अति भारी वर्षा भएको छ । पछिल्लो ३ घण्टामा मात्रै यी जिल्लामा १ सय मिलिलिटरभन्दा धेरै पानी परेको छ । सामान्यतया २४ घण्टामा यति धेरै पानी पर्ने हुन्छ ।

अहिले मनसुनी प्रणाली पूर्वी क्षेत्रमा बढी सक्रिय भएकाले त्यहाँका केही ठाउँमा आरीघोप्टे पानी परेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ तथा हरैचा आसपास अति ठूलो पानी परेकाले बाढी र डुबानको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यहाँका बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत साना खोलामा आकस्मिक बाढीका साथै होचा ठाउँमा डुबानको उच्च जोखिम छ ।

बिहान ११ बजेसम्म नै यी क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै मौसमविद्का अनुसार सप्तरीको बर्माजियामा पनि अति ठूलो वर्षा भएको छ । बाढी पहिरोको जोखिम रहेकाले त्यहाँ पनि सतर्कता अपनाउन मौसमविद् गोविन्द झाको आग्रह छ ।

Tags :
प्रतिक्रिया दिनुहोस