कोशी सरकारविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कोशी सरकारविरुद्धको रिट न्यायाधीश मल्लको इजलासमा


२७ असार २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज (बुधबार)न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेसी तोकिएको छ ।

गत शुक्रबार मुख्यमन्त्री उद्धव थापाको नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै दर्ता भएको उक्त रिट निवेदनमा चौथो पटक पेसी तोकिएको हो । यद्यपि, आइतबार, सोमबार र मंगलबार पेसी तोकिए पनि यो रिट निवेदनमा सुनुवाइ हुन सकेन ।

लगातार तीन दिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको यो रिट निवेदन बुधबार चौथो दिन पेसीमा चढेको छ ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहेका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई रिट निवेदनमा विपक्षी बनाएका छन् ।

कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस