प्रचण्डलक्षित ओलीको कटाक्ष : पार्टी ध्वस्त पारेर काँग्रेसको पछि लठ्याक लठ्याक « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

प्रचण्डलक्षित ओलीको कटाक्ष : पार्टी ध्वस्त पारेर काँग्रेसको पछि लठ्याक लठ्याक


२६ असार २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै आफ्नो दुई तिहाई नजिकको पार्टी ध्वस्त पारेर काँग्रेसको पछि लागेको आरोप लगाएका हुन् ।
मङ्गलवार पार्टी कार्यालय च्यासलमा पार्टीको वाग्मती प्रदेश सङ्गठन कमिटीको सातौँ बैठकमा उनले प्रचण्डलाई लाज नभएको मान्छे भने ।
‘अहिले एमाले नेकपाको नाउमा दुई तिहाईको स्थितीमा पुगि सकेको थियो । एकता र अरु विस्तारको प्रयास दुई तिहाईमा पुगिसकेको पार्टीलाई विभिन्न नाउमा ध्वस्त पारेर अहिले लठ्याक लठ्याक गर्दै काँग्रेसको पछि पछि, लठ्याक लठ्याक गर्दै अर्कोको पछाडि पछाडि कस्तो लाज नभएको होला ? यो यतिकै भएको होर ?’
कहिले पनि पार्टी भित्र अन्तरद्वन्द्ध मच्चायर, असमझदारी चर्काएर, सेन्टीमेन्टमा मान्छेलाई भड्काएर, गुटबन्धी गरेर जितीन्छ सफल भईन्छ भनेर नसोच्न उनको सुझाव छ ।
कँही पुग्नको लागि सङ्घर्ष गर्नु पर्ने र विजय हुनको लागि लड्नु पर्ने उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस