विश्वकप छनोट फाइनलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई दियो २ सय ३४ रनको लक्ष्य « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विश्वकप छनोट फाइनलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई दियो २ सय ३४ रनको लक्ष्य


२४ असार २०८०, आइतबार


काठमाडौँ । आईसीसी विश्वकप छनोटको फाइनलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई २ सय ३४ रनको लक्ष्य दिएको छ । 

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्का ४७ ओभर ५ बलमा २ सय ३३ रनमा अलआउट भयो । श्रीलङ्काका सहन अर्चचिगेले ५७, सदीरा समाराविक्रमाले ४३ र चरिथा असलंकाले ३६ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भान वीक, रायन क्लेन, विक्रमजित सिंह र सकिब जुल्फिकरले २-२ विकेट लिए ।

नेदरल्यान्ड्सले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

१० टोली सहभागी यो प्रतियोगिताको शीर्ष दुईमा रहेका श्रीलङ्का र नेदरल्यान्ड्स आउँदो अक्टोबररनोभेम्बरमा भारतमा हुने विश्वकपमा पुगेका छन् । सुपर लिगबाट आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बङ्लादेश र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाएका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा अक्टोबर ५ तारिखमा इङ्ल्यान्ड र न्युजिल्यान्ड अहमदाबादमा खेल्नेछन् । प्रतियोगिताको आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ तारिखमा अस्ट्रेलियासँग खेल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस