नेपाल आयरल्यान्डसँग पराजित  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल आयरल्यान्डसँग पराजित 


१९ असार २०८०, मंगलबार


काठमाडौँ । आइसिसी विश्वकप छनोटअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल पराजित भएको छ। मंगलबार भएको खेलमा आयरल्यान्डले २ विकेटको जित निकालेसँगै नेपाल आठौं स्थानमा सीमित बन्यो।

नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४ बल खेल्न बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६० रन र कर्टिस चम्परले ६२ रनको योगदान गरे। 

बलिङमा नेपालका करण केसीले चार विकेट लिए भने किशोर महतोले दुई विकेट हात पारे। 

त्यसअघि जिम्बावेको हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २६८ रन जोड्यो।

नेपालको लागि गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५७ रन जोडे।

त्यसअघि ओपनर कुशल भुर्तेल ८ रनमा आउट भए। उनका ओपनिङ पार्टनर अर्जुन साउदले ४८ रन जोडे। एलबिडब्लूको धरापमा पर्नुअघि उनले ८४ बलमा ३ चौका र २ छक्का हिर्काए। 

ज्ञानेन्द्र मल्ल ७ रनमै आउट भए भने कप्तान रोहित पौडेलले ३५ बलमा २९ रन बनाए। भीम सार्कीले २० रन जोड्दा कुशल मल्लले ३८ बलमा ५ चौका र २ छक्काको मद्दतमा  ४४ रनको योगदान गरे। 

दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्काको मद्दतमा ३२ रन जोडे। करण केसी ३ बलमा ४ रन जोडेर आउट भए।

बलिङमा आयरल्यान्डका मार्क एडियर, ब्यारी म्याकार्थी र क्रायग योङले २-२ विकेट लिए।

Tags :
प्रतिक्रिया दिनुहोस