समिति सभापति टुङ्ग्याउनुस् नभए स्टेप चाल्छु : सभामुख « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

समिति सभापति टुङ्ग्याउनुस् नभए स्टेप चाल्छु : सभामुख


१९ असार २०८०, मंगलबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरूको टुङ्गो लगाउन शीर्ष नेताहरूलाई आग्रह गरेका छन्।

मङ्गलवार सभामुखको कार्यकक्ष सिंहदरवारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलमा सभामुख घिमिरेले सभापतिबारे दलहरू टुङ्गोमा नपुगे आफूले प्रक्रिया थाल्ने बताएका हुन्।

‘चुनाव गर भन्नुहुन्छ कि सहमति गर्नुपर्छ। नत्र मैले स्टेप चाल्छु भनेर जानकारी गराएको छु,’ बैठकपछि उनले भने, ‘आजको बैठक समितिको सभापति चयनबारे नै थियो। त्यसैमा छलफल भयो। यसलाई अविलम्ब टुङ्ग्याउने समझदारी भयो। निर्वाचनचाहिँ हुन्छ तर, सहमतिमा हुन्छ कि कसो हुन्छ।अब हामी त्यसतर्फ लाग्छौँ।’

त्यस्तै विभिन्न विधेयकहरू अघि बढाउन समितिको नेतृत्व आवश्यक छ भन्ने निचोडमा पनि छलफल पुगेको सभामुख घिमिरेले बताए।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउने विषयमा पनि कुराकानी भएको उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस