अप्पर स्याङ्गे हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अप्पर स्याङ्गे हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन


१३ असार २०८०, बुधबार


काठमाडौँ । अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने बुधबार अन्तिम दिन रहेको छ।

आज असार १३ गते आवेदन दिने अन्तिम दिन रहेको यस आइपीओमा मागभन्दा बढी आवेदन परिसकेको छ।

सीडीएसका अनुसार असार १२ गते साँझ ५:०५ बजेसम्ममा यसमा ९ लाख ६ हजार १०८ जनाले ९९ लाख ४५ हजार ६६० कित्ताका लागि आवेदन परिसकेको छ।

यो सर्वसाधारणको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १८.४३ गुणा बढी आवेदन हो । यस हाइड्रोपावरले असार १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो।

कम्पनीले ६ करोड ५० हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो। जसअनुसार १ सय अंकित मूल्यमा ६ लाख ५० हजार कित्ता सेयर निष्कासन हुनेछ। यसमध्ये १०५ अर्थात् ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ।

त्यस्तै, ५५ अर्थात् ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २५ अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ। बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस