राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी (सूचनासहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी (सूचनासहित)


८ असार २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले रिक्त रहेका विभिन्न तह र पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।

वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक, वरिष्ठ सहायक, सहायकलगायतका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।

बैंकले शुकबार सूचना जारी गर्दै विभिन्न पदका लागि कुल ४६५ जना कर्मचारी माग गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले असार १० देखि अनलाइनमार्फत आवेदन दिनसक्ने छन् ।

केन्द्रीय कार्यालय र प्रदेश कार्यालय मातहतका कार्यालय कार्यक्षेत्र रहने जागिरका लागि २१ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस