यस्तो छ कोशी प्रदेशको नीति तथा कार्यक्रम (पुर्णपाठ) « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

यस्तो छ कोशी प्रदेशको नीति तथा कार्यक्रम (पुर्णपाठ)


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको छ।

चालु आर्थिक वर्षको बजेटभन्दा तीन अर्ब ४९ करोड ४८ लाख रुपैयाँ कम हो। आर्थिक वर्ष २०७९-८० मा तत्कालीन आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोले ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको अनुमानित बजेट ल्याएका थिए।

अध्यादेश मार्फत बिहीबार बजेट सार्वजनिक गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कुल बजेटको पुँजीगत तर्फ १८ अर्ब २० करोड ४२ लाख ५२ हजार रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरे। यस्तै, चालु खर्चतर्फ १४ अर्ब ४५ करोड ६२ लाख, वित्तीय व्यवस्थापन तर्फ एक करोड, स्थानीय तह वित्तीय हस्तान्तरणमा तीन अर्ब ६० करोड २९ लाख रुपैयाँ प्रस्तुत गरिएको छ।

यसैगरी संघीय अनुदान फिर्तातर्फ दुई अर्ब बजेट विनियोजन गरिएको छ। मुख्यमन्त्री कार्कीले बजेट मार्फत सुत्केरीलाई पोषण र कर्मचारीलाई खाजा खर्च पनि दिने बताएका छन्।

त्यस्तै, अन्य प्रदेशबाट कोशी प्रदेशमा सवारी साधन दर्ता गर्दा ५० प्रतिशत करमा छुट दिने बजेटमा व्यवस्था गरिएको छ।

पुर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस