बारुदको पहाडमा उभिएर सलाई नखेलाउन आलेलाई किराँतीको चेतावनी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बारुदको पहाडमा उभिएर सलाई नखेलाउन आलेलाई किराँतीको चेतावनी


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बारुदको पहाडमा उभिएर सलाई नखेलाउनु भन्दै चेतावनी दिएका छन् ।

पूर्वपर्यटनमन्त्री नेकपा एसका सांसद प्रेम आलेले सदनमा किराँतीलाई स्टन्ट मन्त्रीको संज्ञा दिँदै भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएपछि मन्त्री किराँतीले यस्तो चेतावनी दिएका हुन् ।

किरातीले फेसबुकमा लेखेका छन्, ‘बारुदको पहाडमा उभिएर सलाई नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू ।’

Tags :
प्रतिक्रिया दिनुहोस