प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । संसदीय सुनुवाइ समितिमा आज बाट प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु भएको छ ।

बुधबार उजुरीकर्तासँगको छलफलपछि आज बिहानबाट सुनुवाइ समितिले प्रस्तावित कार्कीलाई सुनुवाइका लागि बोलाएको छ ।

बैठक बिहान ८ बजेपछि सिंहदरबार स्थित समितिको सभाकक्षमा सुरु भएको छ ।

कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ वटा उजुरी गरेकामा समितिले बुधबार ७ जना उजुरीकर्तासँग एक्ला एक्लै र बाँकीसँग संयुक्त रूपमा छलफल गरेको थियो ।

गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कायम मुकायम प्रधानन्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया ढिलो भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस