घोराही सिमेन्टको आईपीओ आजबाट बिक्री खुला « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

घोराही सिमेन्टको आईपीओ आजबाट बिक्री खुला


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आजदेखि सर्वसाधारणहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

यो कम्पनीको पहिलो चरणमा निष्कासन गरेको आईपीओ ५५ प्रतिशत बिक्री भएको तथ्याङ्क छ । स्थानीयलाई कुल तीन लाख ९७ हजार १९० कित्ता छुट्टाएकोमा ७७ हजार २९० कित्ताका लागि मात्र आवेदन दिएका थिए ।

यो स्थानीयलाई निष्कासन गरेकोमध्ये १९.४६ प्रतिशत हो । त्यसैगरी वैदेशिक रोजगारीमा गएकाहरूले निष्कासनमध्ये ८० प्रतिशतमा आवेदन दिएका छन् भने सामूहिक लगानी कोषहरूले ८७.१८ कित्ताका लागि आवेदन दिएको छ ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा तीन लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि तीन लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सात लाख ५४ हजार ६६१ कित्ता, सामूहिक लगानी कोषका लागि तीन लाख ७७ हजार ३३१ कित्ता र कम्पनीका कर्मचारीहरूमा तीन लाख ७७ हजार ३३१ कित्ता विक्री खुला गरेको थियो । यसअघि वितरण हुन नसकेको शेयरसमेत थप गरी कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि असार ४ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र मागबमोजिम आवेदन नपरेमा असार १४ गतेसम्म बिक्री अवधि थप हुने बताइएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।

बिक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिन तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस