गठबन्धनका शक्ति एकताबद्ध हुनुको विकल्प छैन : माधव नेपाल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गठबन्धनका शक्ति एकताबद्ध हुनुको विकल्प छैन : माधव नेपाल


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष नेपालले मतान्तर रहे पनि सत्ता गठबन्धनका दलहरू एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अहिले हामी गठबन्धनमा सामेल छौँ । गठबन्धनका घटकहरूका बीचका धाराहरूमा केही(केही मतान्तर पनि हुन सक्ला । तर म यसो हेर्दै छु, एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ । सत्ता बाहिरको गठबन्धनमा कस्ता(कस्ता खालका शक्तिहरू छन्, संविधानमाथि गम्भीर आघात पुर्‍याउने शक्तिहरू छन्, सङ्घीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरू छन् । कमी कमजोरी हुन्छन्, आलोचना गर्ने पनि हो । कमजोरीप्रति आँखा चिम्लिने होइन । त्यसमा बग्ने, समर्थन गर्ने पनि होइन, लतारिने पनि होइन, किनभने एकता र सङ्घर्ष चलिरहन्छ । अहिलेका सत्ताधारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस