मन्त्री रिजालद्वारा नेपाली महावाणिज्य दूतावासको निरीक्षण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्री रिजालद्वारा नेपाली महावाणिज्य दूतावासको निरीक्षण


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भारतको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको निरीक्षण गरेका छन् ।

भारतको कोलकातामा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडी प्रयास (बिम्स्टेक) व्यापार सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेको उनले आज महावाणिज्य दूतावासको निरीक्षण गरेका हुन् ।

मन्त्री रिजाललाई महावाणिज्यदूत ईश्वरराज पौडेल तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारबाहीका विषयमा जानकारी गराएका थिए । उनले नेपाल–भारतबीच भएको पारवहन सन्धिअनुसार सेवा प्रवाह बारेमा विस्तृत जानकारी लिएको मन्त्री रिजालको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री रिजालले महावाणिज्य दूतावासबाट हुने सेवा प्रवाह प्रवाभकारी बनाउन निर्देशन दिएका थिए ।

बिम्स्टेक व्यापार सम्मेलन यही जेठ ३०, ३१ र ३२ गते भारतको कोलकातामा हुँदैछ । नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवर्द्धनलगायत विषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा सहभागी हुन मन्त्री रिजाल आइतबार भारत प्रस्थान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस