आईपीओ निष्काशन गर्दै थ्रीस्टार हाइड्रोपावर « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आईपीओ निष्काशन गर्दै थ्रीस्टार हाइड्रोपावर


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । थ्रीस्टार हाइड्रोपावरले असार ५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि आइपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरेपश्चात् सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणको लागि ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सो आईपीओमा न्यूनतम १० कित्ता देखि ५० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीको आईपिओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला हुनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस