जोकोभिचलाई कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जोकोभिचलाई कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि जितेका छन् ।

आइतबार भएको फाइनलमा जोकोभिचले फ्रेन्च ओपनको उपाधि भिडन्तमा नर्वेका क्यास्पर रुडलाई सोझो सेटमा हराएर तेस्रो पटक उपाधि जित्दै कीर्तिमान बनाएका हुन् ।
रोला ग्यारोमा जोकोभिचले रुडलाई ७–६, ७–१, ६–३ , ७–५ ले हराए ।

जोकोभिचले सर्वाधिक २२ उपाधि जित्ने स्पानिस राफेल नाडललाई पछि पार्दै कीर्तिमान बनाएका हुन् ।

जोकोभिच चार वटै ग्राण्डसलाम कम्तीमा तीन पटक जित्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
३६ वर्षीय जोकोभिचले यस वर्षको पहिलो ग्राण्डसलाम अष्ट्रेलियन ओपनको उपाधि समेत जितिसकेका छन् ।

योसँगै उनले अष्ट्रेलियन ओपन १० पटक, विम्बलडन ओपन ७ पटक तथा फ्रेन्च ओपन र यूएस ओपन समान तीन पटक जितेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस