विश्व बालश्रम विरुद्धको अन्तराष्ट्रिय दिवस, नेपालमा पनि मनाइँदै « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

विश्व बालश्रम विरुद्धको अन्तराष्ट्रिय दिवस, नेपालमा पनि मनाइँदै


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । आज विश्व बाल श्रम विरुद्धको दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदैं छ ।

यस वर्ष ‘बालश्रम विरुद्धको एक हप्ते पैरवीको सुरुवात र निरन्तरता’ भन्ने नाराका साथ विश्व बाल श्रम विरुद्धको दिवस विश्वभर मनाउन लागिएको हो ।

विश्व बाल श्रम विरुद्ध सरकार, रोजगारदाता, श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको उद्धार तथा उनीहरूलाई मद्दत गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ ।

सन् १९९० मा नेपालले संयुक्त राष्ट्र सङ्घको बाल अधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल श्रम विरुद्धको विविध कार्य सञ्चालन गरी बालबालिकाको हक अधिकार सम्बन्धी कार्य गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओले पनि सन् २००२ बाट यो अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको हो ।

नेपालमा पनि बालश्रमका घटनाहरू धेरै हुने गरेको पाइन्छ । केही वर्ष यता झन्डै एक लाखको दरले बालश्रम घट्दै गए पनि अझै ५ देखि १७ वर्षसम्मका ११ लाख बालबालिका बालश्रममा रहेको तथ्याङ्क छ । ती मध्ये २ लाख २२ हजार ४ सय ९३ जना जोखिमपूर्ण काममा संलग्न रहेको अनुमान गरिएको छ ।

नेपालमा कुल बाल श्रमको ८५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रले ओगटेको आकलन छ । नेपालमा रहेको मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमा बालश्रमलाई अवैध मान्दै बाल अधिकारलाई सुनिश्चित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस