विशेषको फैसलाविरुद्ध रिट लिएर सर्वोच्च पुगे चुडामणि शर्मा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विशेषको फैसलाविरुद्ध रिट लिएर सर्वोच्च पुगे चुडामणि शर्मा


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । निलम्बित सहसचिव चुडामणि शर्मा सजाय निर्धारण नहुँदै सर्वोच्च अदालत पुगेका छन् । विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका उनले आफूलाई दोषी ठहर गर्ने क्रममा विशेष अदालतले न्यायका आधारभूत मूल्यमान्यता र सिद्धान्त लत्त्याएको दाबी गर्दै सर्वोच्चमा रिट पेस गरेका हुन् ।

शर्माले मुद्दाको सुनुवाइ सकेपछि एकपक्षीय रूपमा विशेषज्ञको राय लिएर विशेष अदालतले आफूलाई दोषी ठहर गरेको जिकिर गरेका छन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले गत १८ जेठमा कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव चुडामणि शर्माले ६ अर्ब १५ करोड भ्रष्टाचार गरेको ठहर गरेको थियो । उनीहरूको सजाय निर्धारण भने ५ असारमा हुँदैछ । 

Tags :
प्रतिक्रिया दिनुहोस