एसईईको नतिजा असारभित्रै सार्वजनिक गर्ने तयारी  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एसईईको नतिजा असारभित्रै सार्वजनिक गर्ने तयारी 


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको काम पूरा गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार उत्तरपुस्तिकाको परीक्षा तथा सम्परीक्षणको काम सकिएको र राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्ने केही कामहरू बाँकी छ। बोर्डले असारभित्र नतिजा प्रकाशन गर्ने गरी काम तीव्र रूपमा गरिरहेको जनाएको छ ।

बोर्डले गत चैत १७ गतेदेखि एसइई परीक्षा सञ्चालन गरेको थियो । सबै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट करिब ५ लाख विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ ।

यो वर्षदेखि दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि एनजी ल्याएको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस