प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२८ जेष्ठ २०८०, आइतबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा कास्कीको कैलाश टेत्सुओ प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक पौडेलविरुद्ध आज (आइतबार) विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

विद्यालयको शौचालय निर्माण गर्नका लागि जिल्ला शिक्षा कार्यालय, कास्कीबाट आव २०६७-०६८ मा रकम निकासा भएकोमा, सो कामका लागि तत्कालीन प्रधानाध्यापक पौडेलले उक्त रकम बैंकबाट झिकेको तर शौचालय निर्माणको लागि कुनै पहल नगरेको, उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटक-पटक निर्देशन दिइएकोमा दाखिलासमेत नगरी निजले शौचालय निर्माणको लागि आएको रु. दुई लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी जम्मा रु. ३ लाख, १२ हजार हिनामिना गरी सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेको अख्तियारको ठहर छ । 

Tags :
प्रतिक्रिया दिनुहोस