भारतमा सडक दुर्घटनामा परी ४ जना नेपालीको मृत्यु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

भारतमा सडक दुर्घटनामा परी ४ जना नेपालीको मृत्यु


२८ जेष्ठ २०८०, आइतबार


कञ्चनपुर । सीमावर्ती भारतीय बजार बनबासा नजिकै सडक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

शनिबार मध्याह्न भारत उत्तराखण्डको बनबासा–खटीमा सडक खण्ड अन्तर्गत चकरपुरमा कार र दुई स्कुटर ठोक्किँदा चार जनाको मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका–२ उल्टा खाम र भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्ला अन्तर्गत खटीमा नजिकै मुडेलीमा गरी दोहोरो बसोबास भएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी श्रीमती ५६ वर्षीया सरस्वती, बुहारी २७ वर्षीया नर्मदा र ४२ वर्षीया भाइ–बुहारी कल्पना चन्दको मृत्यु भएको बताइएको छ ।

उनीहरू सबै कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पूजापाठ सकेर मुडेलीतर्फ फर्किरहेका थिए । २ वटा स्कुटरमा गइरहेका उनीहरू चकरपुरमा कारसँग ठोक्किएका हुन् । दुर्घटनामा परेर घाइते भएका उनीहरूलाई अस्पताल पुर्‍याउने बित्तिकै मृत घोषणा गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस