सुदूरपश्चिमको नाम फेर्न नाउपाको माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिमको नाम फेर्न नाउपाको माग


२८ जेष्ठ २०८०, आइतबार


धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ ।

आइतबार प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै लक्ष्मण किशोर चौधरीले यस्तो माग राखेका हुन् ।

प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधन गर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरे ।

उनले भने, ‘प्रदेशको लोगो संशोधन गर्न समिति गठन गरिएको कुराको स्वागत गर्न चाहन्छु,लोगो मात्र फेरिएर हुँदैन । प्रदेशको नाम पनि फेरिनुपर्छ । सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान भएको छ । नाम संशोधन गरिनुपर्छ । यहाँको समुदाय र संस्कृति झल्किने गरी खप्तड थरुहट प्रदेश राख्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस