ए डिभिजन लिग : आज अन्तिम तीन खेल हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ए डिभिजन लिग : आज अन्तिम तीन खेल हुँदै


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (शनिबार) तीन खेलहरू हुँदैछन् ।

सिजनको अन्तिम चरणको अन्तिम तीन खेलहरू शनिबार हुनेछ । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रङ्गशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र मनाङबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

मछिन्द्र २५ खेलमा ४२ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । त्यस्तै मनाङ २५ खेलमा ३२ अङ्क जोडेर आठौं स्थानमा रहेको छ ।

रङ्गशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल र थ्री स्टारबीचको खेल दिउँसो ५:३० बजे सुरु हुनेछ ।

जावलाखेल आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । जावलाखेल २५ खेलमा ३७ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।

थ्री स्टार २५ खेलमा २९ अङ्क १३ औं स्थानमा रहेको छ । यस्तै च्यासलमा संकटा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । संकटा र एनआरटीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

संकटा र एनआरटी आज जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ । संकटा २५ खेलमा ३१ अङ्क जोडेर नवौं स्थानमा रहेको छ । एनआरटी २५ खेलमा ३३ अङ्क जोडेर सातौं स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस