टुँडिखेल र खुलामञ्च बिचको बाटोमा राति हिँड्न नपाइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टुँडिखेल र खुलामञ्च बिचको बाटोमा राति हिँड्न नपाइने


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेल र खुलामञ्च बिचको बाटोमा राति हिँड्न रोक लगाएको छ ।

असुरक्षाको कारण देखाउँदै सो बाटो भएर राति ८ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत गर्न रोक लगाएको महानगरले टुँडिखेल क्षेत्रमा टाँस गरेको सूचनामा उल्लेख छ ।

रातको समयमा उक्त बाटोमा अनैतिक क्रियाकलाप हुने, पैदल यात्रुहरू लुटिने घटना बढेको गुनासो आएपछि सो बाटो बन्द गरिएको महानगरको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस