सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढ्यो


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा ८०० सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (बिहीबार) तोलामा १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ८ सय रुपैयाँले नै बढेर तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यस्तैगरी , आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस