हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्युरोबाट अनुसन्धान सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेशको घटनामा साइबर ब्युरोबाट अनुसन्धान सुरु


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ ।

उनीहरूले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनाधिकृत पहुँच पुर्‍याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्युरोले अनुसन्धान थालेको हो ।

टिकेटिङ प्रणाली ह्याक गरी अनाधिकृत रूपमा टिकट काटिएका संस्थाबाट उजुरी परेकाले छानबिन थालिएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । उनका अनुसार अहिले उक्त विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ ।

उपनिर्देशक रायले तीन वटा संस्थाले त्यसरी ब्युरोमा उजुरी दिएको उल्लेख गर्दै ब्युरोले त्यस्ता घटनामा सचेत हुन सेवा प्रदायक कम्पनी तथा आम नागरिकलाई पनि अनुरोध गरेको छ ।

कस्मो नेपाल ट्राभल्सलगायत तीन संस्थाका युजर नेमबाट लाखौँको टिकट काटिएको सार्वजनिक भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस