जहाजमै चुरोट तानेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

जहाजमै चुरोट तानेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । जहाजमा चुरोट तानेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले जहाजमा चुरोट तानेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको हो ।

बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौँ आएको कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा झापाका २८ वर्षीय सुवास पुरीले चुरोट तानेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

एयरलाइन्सले प्रहरीलाई पत्रसहित कारबाही गर्न अनुरोध गरेपछि उनी पक्राउ परेका हुन् ।

पक्राउ परेका पुरीमाथि थप अनुसन्धान गर्न प्रहरी वृत्त गौशालामा पठाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस